छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ

161

मोरङ । छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले आइतबार कटहरी गाउँपालिका-४ स्थित चमराही चोकबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ कटहरी गाउँपालिका २ का ३३ वर्षीय धनिराम चौधरी, ३७ वर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले प्लास्टिकले बेरिएको अवस्थामा ब्राउन सुगर ८ ग्राम र डिजिटल काटा एक थान बरामद गरेको छ ।

त्यस्तै सिराहा मिर्चैया नगरपालिका-६ बस्ने २८ वर्षीय ब्रमदेव यादव लागुऔषध डाइलेक्स डिसीसहित पक्राउ परेका छन् ।

आइतबार साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाइकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालीका-१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा डाइलेक्स डिसी २७ थानसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...