केपी, प्रचण्ड–नेपाल मिल्नै पर्छ, एकताको ‘कसी’ बामदेव गौतम : युवा नेता रोकाया

212

काठमाडौं । बामदेव गौतम सत्तारुढ पार्टीभित्रका प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–नेपाल समूहबीचको एकता गर्ने मूल कसिकारुपमा भएको गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका सम्पादन सदस्य तथा युवा नेता प्रकाश रोकायाले बताएका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा कर्णाली समन्वय समितीद्वारा आयोजना गरिएको भेला कार्यक्रममा रोकायाले पार्टीका दुई पक्षलाई संयमित रहेर पार्टी एकताको पक्षमा लाग्न आग्रह समेत गरे ।

युवा नेता रोकायाले नेपाली इतिहासमा कम्युनिस्टहरुको अभूतपूर्व विशाल जनमतको अवज्ञा गर्दै पार्टीभित्र दुई पक्ष विभाजित हुनु निकै ठूलो दुर्भाग्य भएको भन्दै चिन्ता व्यक्त गरे । उनले राजनीतिमा असम्भव भनेको केहि पनि नभएको र हिजो प्रचण्ड र ओली मिल्नै सक्दैनन् भन्नेहरुलाई झापड दिँदै पार्टी एकता गराएको र अहिलेपनि दुई समूह मिल्दैनन् भन्ने कुरा झुट सावित गर्दै मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अर्का कार्य सम्पादन समिती सदस्य उपेन्द्र सिंखडाले बारम्बार नेपाली जनतालाई साथ दिँदै आएपनि नेताहरुले व्यक्तिगत पद र प्रतिष्ठाको लागि कार्यकर्ताहरुको त्याग तपस्या र जनतालाई बाँडेका सपनाहरु चक्नाचुर पार्ने गरेकोप्रति आक्रोश व्यक्त गरे । उनले बामदेव गौतमको एकता अभियानमा साथ दिन अपिलसमेत गरे ।

सो भेलाले शिवराज सिम्खडाको संयोजकत्वमा ५१ सदस्यीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान, कर्णाली प्रदेश समन्वय समितीको गठन गरेको छ । कार्यक्रममा अभियानका केन्द्रीय सदस्य सुदर्शन भट्टराई, प्रेम बराललगायतको उपस्थिति थियो ।

Share This:
सम्बन्धित खबर
Loading...