विप्लव समूहका नेता बास्तोला छुटेलगत्तै पुनः पक्राउ

168

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला फेरि पक्राउ परेका छन् ।

अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो ।

सोही मुद्दामा फेरि पक्राउ गरिए प्रहरीलाई नै कारबाही गर्ने सर्वोच्च अदालतको आदेशविपरीत प्रहरीले सर्वोच्च अदालत परिसरबाटै बास्तोलालाई फेरि पक्राउ गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...