मेलबर्न । सर्वियन नोवक जोकोविचले अष्ट्रेलियामा जारी पुरुष एकलतर्फ अष्ट्रेलियन ओपनको उपाधि जितेको छ ।
आइतबार भएको फाइनल खेलमा पहिलो वरियताका जोकोविचले चौथो वरियताको रसियन दानिल मेदवेदेवलाई ३०को सोझो सेटमा पराजित गर्दै नवौँ अष्ट्रेलियन ओपनको उपाधि जितेको हो ।
रोड लेवर एरिनामा भएको खेलमा जोकोविचले एक पक्षीयरुपमा प्वाइन्ट जोडेको थियो । एक घन्टा ५३ मिनेटसम्म चलेको खेलमा जोकोविच ७-५, ६-२ र ६-२ को सेटमा विजयी भएको थियो ।
समग्रमा १८औँ ग्राण्ड स्लैम जितेका जोकोविच राफेल नाडाल र रोजर फेडेररको कीर्तिमानभन्दा दुई उपाधिले पछि रहे ।
अष्ट्रेलियन ओपनमा जोकोविचको यो दोस्रो ह्याट्रिक गरेका छन् । २०१९, २०२० र २०२१ मा गरी लगातार च्याम्पियन बनेका छन् । यस्तै उनले २००८, २०११, २०१२, २०१३, २०१५ र २०१६ मासमेत उपाधि जितेका छन् ।