प्रचण्ड–नेपाल समूहले पार्टी छाडेपछि संवैधानिक नियुक्ति गर्न सफल भयौँ : प्रधानमन्त्री ओली

331

विराटनगर । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले पार्टी छाडेर गएको दाबी गरेका छन् । उनले सो समूह पार्टीबाट गएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको बताए ।

विराटनगरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहले पार्टीमा रहँदा आयोगहरुमा पदाधिकारी नियुक्त गर्न नदिएको आरोप लगाए ।

“उहाँहरुले रोक्ने प्रयास गर्नुभयो । उहाँहरु छोडेर भागेपछि संवैधानिक नियोगमा मानिसहरु नियुक्त गरियो । उहाँहरु सुकुम्बासी समाधान गर्न दिनुहुन्न, भूमिसम्बन्धी समस्या समाधान गर्न दिनुहुन्न,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरु भागेपछि नियुक्त गर्यौँ ।”

जनसभालाई सम्बोधन गर्दै उनले विगतमा वैद्य र डाक्टरको लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे । उनले भने, “उहाँलाई वैधले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ । अब झाँक्रीले बचाउँन सक्नुहुन्न उहाँलाई, नेपालको राजनीतिमा बचाउँन सम्भव छैन, सिद्धिसकेको प्रचण्डलाई मैलो ठूलो राखिदिएको थिएँ तर उहाँमा अहंकार चढेको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...