प्रचण्ड–नेपाल समूह छुट्टै पार्टी दर्ता गरेर निर्वाचनमा जान्छन् : मुख्यमन्त्री राई

412

विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले ताजा जनादेशका लागि देश निर्वाचनमा गएको बताउँदै निर्वाचन आयोगले पनि तयारी थालिसकेको बताएका छन् ।

शनिबार प्रदेश राजधानी विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो बताएका हुन् । अन्य दलहरु पनि कुनै न कुनैरुपमा चुनावको तयारीमा लागि सकेको बताउँदै उनले प्रचण्ड–नेपाल समूहले पनि छुट्टै पार्टी दर्ता गरेर चाँडै निर्वाचनमा जाने दावी गरे ।

मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल नेतृत्वको नेकपालाई खुमलटारमा दर्ता भएको कम्पनीको संज्ञा दिँदै केन्द्रदेखि प्रदेशसम्मका संरचना कब्जा गर्न खोज्दा ती नेता आफैँ सडकमा पुगेको टिप्पणी गरे ।

मुख्यमन्त्री राईले भने, “खुमलटारमा दर्ता भएको प्रचण्ड–नेपाल र झलनाथ कम्पनीले देशलाई अराजकता र अस्थिरतातर्फ लैजान खोजेकाले चुनावमा जानु परेको हो । हामी यो चुनाव जितेर खुमलटारको कम्पनीलाई तह लगाउँछौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...