काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेर बहादुर तामाङ र प्रदेश नम्बर एककी प्रदेशसभा सदस्य उषाकला राई ओली समूहमा फर्किएका छन् ।
आजै विराटनगरमा आयोजना हुने आमसभाबाट उषकलाले ओली पक्षमा लागेको घोषणा गर्ने बताइएको छ ।
नेकपा दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भएपनि केही समयपछि प्रचण्ड–नेपाल समूहमा लागेका थिए ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसदसमेत रहेका तामाङले प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिँड्न नसकिने बताए । उनले भने, “पार्टीमा सम्पर्क, सम्बन्ध पुनर्गठन भइरहन्छन्, जहाँ आफूलाई सहज हुन्छ, आफ्नो दृष्टिकोण मिल्छ, त्यहाँ रहेर काम गर्न जसलाई पनि स्वतन्त्र हुन्छ । सुरुमा नेतृत्व छोड्न हुन्न भन्नेपनि लागेको थियो, अहिले फेरि केहि सम्झौता गरेर फर्केका छौँ ।”
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित तामाङ नेकपा केन्द्रीय सदस्य हुन् । उषाकला राई प्रदेशसभा सदस्य हुन् ।