‘नारा प्रजातन्त्रको छ तर व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख छ’: अध्यक्ष लोहनी

217

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देश आन्दोलित र अस्थिर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विद्यमान समस्या समाधान गर्न गोलमेच सम्मेलन र संवाद आवश्यक भएको उनले बताएका छन् ।

‘देश आन्दोलित र अस्थिर बन्दैछ । यो स्थितिप्रति राप्रपा चिन्तित छ । यो किन भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बुँदामा सबै दल र पक्ष सम्मिलित गोलमेच सम्मेलन र संवाद अनिवार्य हुँदै गएको छ,’ राप्रपा अध्यक्ष लोहनीले भने ।

‘यस परिवेशमा संविधान भित्रको राजसंस्था र सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्रको साथर्कता पहिलेभन्दा पनि जरुरी भएको छ । यसबारे छलफल र विचार गर्नुपर्छ भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको हालैको भनाइलाई सबै पक्षले सकारात्मक रुपमा लिनु पर्दछ,’ उनले शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने ।

राजनीतिक समस्या समाधान भयो, अब संमृद्धिको युग सुरुवात हुनेछ भनि तीन वर्ष अगाडि जनतालाई भनिएको थियो तर परिस्थिति ठिक उल्टो भएको छ । देशको राजनीति अस्थिर र अन्योलपूर्ण छ । सरकारको गराइ र भनाइ विल्कुल फरक छ, लोहनीले भने ।

कानुन र संविधान सत्ता स्वार्थको हतियार भएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘नारा प्रजातन्त्रको छ तर व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख छ,’ अध्यक्ष लोहनीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...