बिरामीलाई फलफूल वितरण गरेर मनाइन् जिसस उपप्रमुख खवासले जन्मदिन

271

खाँदबारी । सङ्खुवासभाको जिल्ला समन्वय समितीकी उपप्रमुख अम्बिका खवासले आफ्नो जन्मदिन जिल्ला अस्पताल खाँदबारीका बिरामीसँग मनाएकी छन् ।

जिसस उपप्रमुख खवासले ३७औँ जन्मोत्सवको खाँदबारी अस्पतालका बिरामीलाई फलफूल वितरण गर्दै मनाएकी हुन् ।

उनले यो पटकको जन्मदिन अरु बेलाभन्दा फरक ढंगले मनाउन अस्पतालका बिरामीलाई फलफूल गरेको बताएइन् । जन्म दिनमा हुने फजुल खर्च कटाएर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको जानकारी दिएकी छन् ।

उनले खाँदबारी अपस्पतालमा उपचार गराइरहेका ३० जनाभन्दा बढी बिरामीलाई फलफूल र जुस वितरण गरेकी थिइन् । फलफूल विरतरण गर्दे जिसस उपप्रमुख खवासले भनिन्, यो सामाजिक सेवाको कार्यले अन्य युवा पुस्तालाई समेत नयाँ सन्देश दिनेछ ।

फलफूल वितरण कार्यक्रममा खाँदबारी अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झा, खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेखरबाबु कार्की, जिल्ला समन्वय अधिकारी निर्माण कार्की, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटी लगायतको उपस्थिती रहेको थियो ।

श्राेत : रेडियाे सङ्खुवासभा

Share This:
सम्बन्धित खबर
Loading...