साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

214

काठमाडौं । साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१० धोबी खोलास्थित सिम्रिक पुल मुनी २०७१ चैत ९ गते सोही महानगरपालिका-१० थापागाउँ बस्ने दाङ तुल्सीपुर नगरपालिका-१० घर भएका द्रोण बहादुर सेन इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा मृत फेला परेका थिए ।

घटनाको अनुसन्धानको क्रममा सेनको हत्यामा भिमे सार्की संलग्न रहेको र घटना पश्चात् फरार भई भारतको राजस्थानमा लुकिछिपी बस्दै आएकोमा पछिल्लो समय काठमाडौं आइ लुकिछिपी बसेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...