आइएमई बैंकबाट चितवन जिल्लाको ट्राफिक जरिवाना भुक्तानी सेवा सुरु

146

चितवन । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिवाना वापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले उक्त सेवाको शुभारम्भ गरे । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समयसमयमा यस किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आम जनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरे ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २ सय ७० शाखा, २ सय ४२ एटिएम, ४७ राजश्व संकलन एवम् एक्सटेन्सन काउन्टर, २ सय ४५ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...