प्रदेश दुई प्रमुखमा राजेश झा नियुक्त

189

काठमाडौं । प्रदेश दुईका प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेलगत्तै रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्त जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...