काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले स्वेच्छाचारिता र प्रतिगमनलाई परास्त गरी नेपाली धरोहरसहित प्रजातन्त्र सम्वर्द्धन गर्नु पर्ने बताएका छन् ।
प्रजातन्त्रको आधार र प्रजातान्त्रिक पद्धतिमाथि नै प्रश्नचिन्ह खडा भएको बेला, प्रजातन्त्र जोगाउन नेपाली धरोहर, संरचना जगेर्ना गर्नु पर्नेमा अध्यक्ष राणाको जोड छ ।
स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्य मान्यता सम्वर्द्धन गर्नुको विकल्प छैन। प्रजातन्त्र दिवसको अवसरमा आम नेपालीजनमा हार्दिक शुभकामना।
— Pashupati Shumshere (@PashupatiShams) February 19, 2021
७१औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्य मान्यता सम्वर्द्धन गर्नुको विकल्प छैन ।’
राणाले ट्वीट गर्दै भने, ‘प्रजातन्त्र दिवसको अवसरमा आम नेपालीजनमा हार्दिक शुभकामना ।’
राप्रपाको केन्द्रीय नीतिबमोजिम ७७ जिल्लामा प्रजातन्त्र दिवस मनाउने क्रम जारी छ । राजा र जनता मिलेर प्रजातन्त्र स्थापना गरेको दिनलाई राप्रपाले राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरेको हो ।