कोरोनाबाट पोखरामा एक पुरुषको मृत्यु

132

कास्की । पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरा महानगरपालिका–११ का ७१ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कोरोनाबाट मृत्यु भएका बिरामीमा मधुमेहका रोग समेत रहेको थियो ।

मृत्यु भएका पुरुषमा गत माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...