मूल्यवृद्धि फिर्ताको माग राख्दै अनेरास्ववियूले बुझाए ज्ञापनपत्र

193

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र कुमार पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार अनेरास्ववियूले नेपाल आयाल निगमको केन्द्रीय कार्यालय बबरमहलमा निगमको महाप्रबन्धक पौडेललाई मूल्यवृद्धि फिर्ता गर्न ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम सुरु भएयता निगमले तीनपटक मूल्यवृद्धि गरेर जनतालाई ढाड सक्ने काम गरेको अनेरास्ववियूले आरोप लगाएको छ । लामो समयदेखि थिलथिलो भएको जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरुको चुलो चौकामा नै बज्रप्रहार गर्ने गरी गरिएको मुल्यवृद्धि खारेज गर्नु पर्ने मागसहित अनेरास्ववियू आन्दोलनमा उत्रिसकेको जानकारी दिएका छन् ।

जनताप्रतिको आधारभूत दायित्व र जिम्मेवारीबाट च्युत भएर सरकार र सरकारका नियन्त्रित निकायहरु केवल नाफाको व्यापारी मात्र हुन नसक्ने भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमासमेत महँगी बढाउने अनेरास्ववियूको ठहर छ ।

अनेरास्ववियूले यस अगाडि भएको सरकारसँगको सम्झौतलाईसमेत कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...