दोस्रो चरणको खोप फागुन २३ देखि : ६० वर्षभन्दा माथिकालाई दिइने

279

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले फागुन २३ गतेदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुने बताएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोभिड–१९ विरुद्धको खोप दुई साताभित्र नेपाल आइपुग्ने बताउँदै उनले यसबारे जानकारी दिएका हुन् ।

मन्त्री त्रिपाठीले भने, “खोप खरिदका लागि आवश्यक प्रकिया अगाडि बढिसकेकाले दुई साताभित्र नेपाल आइपुग्छ ।” उनले खोपका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइसकेको पनि बताए ।

मन्त्रालयले सेरम कम्पनीमा उत्पादित ‘कोभिशिल्ड’ खोप २० लाख डोज खरिद गर्न लागेको हो ।

दोस्रो चरणमा ६० वर्षभन्दा माथिकालाई खोप दिइनेछ ।

चीनको खोपलाई पनि आकस्मिक प्रयोगमा अनुमति दिइएको छ । चीनले पनि पाँच लाख डोज खोप अनुदानमा दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...