नेकपा प्रचण्ड–नेपाल समूहद्वारा मानव साङ्लोले टुँडिखेल घेर्ने

277

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आज काठमाडौंको टुँडिखेलमा मानव साङ्लोले घेर्दैछन् । प्रतिनिधिसभा विघटनविरुद्धको चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मानवसाङ्लोले टुँडिखेल घेर्न लागेका हुन् ।

बिहीबार ३ बजेपछि हुने कार्यक्रममा नेताहरुका साथमा विद्यार्थी, युवाहरुको सक्रिय सहभागिता रहने बताइएको छ ।

प्रतिगमन, महँगी र भष्ट्राचारकाविरुद्ध टुंडिखेल वरिपरि मानव साङ्लो बनाउने कार्यक्रममा अनेरास्ववियू भने भद्रकाली–सुन्धारामा जुट्ने नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले चरणवद्ध आन्दोलन गर्दै आएको छ । संसद पुनःस्थापनाको माग गर्दै उनीहरुले जनसभासमेत गर्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...