काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् ।
‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ, अस्वीकार्य छ,’ राप्रपा अध्यक्ष राणाले भने ।
पेट्रोलियम पदार्थको मूल्यको दैनिक जीवनमा चौतर्फी असर हुन्छ। एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ,अस्वीकार्य छ। राहतको साटो सरकारले नागरिक जीवनमा कष्टमात्र थपेको छ।
— Pashupati Shumshere (@PashupatiShams) February 17, 2021
सरकारको कदमप्रति असहमति जनाउँदै राणाले भने, ‘राहतको साटो सरकारले नागरिक जीवनमा कष्टमात्र थपेको छ ।’
पछिल्लो मूल्यवृद्धिबाट नागरिक जीवन र अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने, दैनिक जीवन खर्चिलो हुने उनले बताए । ट्वीट गर्दै राणाले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक जीवनमा चौतर्फी असर गर्नेछ ।’