आजदेखि लागु हुनेगरी चिकित्सक संघले बढायो परामर्श शुल्क (सूचिसहित)

210

काठमाडाैं । नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीले बिरामीबाट लिने परामर्श शुल्क बढाएको छ ।

संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिदेखि लागु हुनेगरी शुल्क बढाएको हो ।

सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वन नगरेको भन्दै चिकित्सकहरुका संस्था आफैँले डाक्टर शुल्क वृद्धि गरेको जनाएको छ ।

चिकित्सकहरुलाई पाँच समूहमा विभाजन गरी न्युनतम ३ सय ७० देखि अधिकतम ड सय २५ रुपैयाँ परामर्श शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...