काठमाडौं । सरकारले पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि गरेपछि प्रचण्ड–माधव समूह निकट अनेरास्वावियूले भोली देशभर प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियूले भोली बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
एक हप्तामा सरकारले २ पटक मूल्यवृद्धि गरेपछि अहिले विभिन्न विद्यार्थी संगठन तथा राजनीतिक दललेसमेत विरोध प्रदर्शन गरिहेका छन् । अनेरास्ववियूले सरकारले आम जनताको चुलो चौकामा नै बज्रप्रहार हुने जनविरोधी कदमभन्दै सबैलाई विरोधमा साथ दिन आग्रह गरेको छ ।
त्यस्तै संगठनले दिउँसो नेपाल आयल निगम घेराउन गर्ने घोषणा गरेको छ । निरन्तर सरकार विरोधी गतिविधि भइरहेको बेला गरेको मूल्य वृद्धिविरुद्ध आम नागरिकले समेत विरोध जनाइरहेको छ ।