नेकपा प्रचण्ड-नेपाल समूहको चौथो चरणको विरोध प्रदर्शन आजदेखि सुरु

251

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको चौथो चरणको आन्दोलन आजदेखि सुरु हुँदैछ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल समूह विरोधमा उत्रिएको हो ।

फागुन २ मा नेकपाले चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको थियो । जसअनुसार पाँच गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभालगायतको विरोध कार्यक्रम हुनेछन् ।

उक्त विरोध कार्यक्रम अन्तर्गत भोली संघीय राजधानी काठमाडौंको टुँडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ ।

Share This:
सम्बन्धित खबर
Loading...