पछिल्लो २४ घन्टामा १०५ जना संक्रमित थपिँदा ९९ कोरोनमुक्त

140

काठमाडौं । देशभर थप १ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घन्टामा १ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ५ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । यीमध्ये १ हजार ५ सय ८७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ९९ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९९ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ३ सय ३ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५५ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...