श्रीमतीको हत्या आरोपमा उराउ पक्राउ

174

झापा । झापा भद्रपुर नगरपालिका-७ का ५८ वर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

सोमबार दिउँसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० वर्षीया फिल्सिता उराउबीच झै-झगडा हुँदा उराउले फिल्सितालाई टाउँकोमा ढुङ्गाले प्रहार गरी घाइते बनाएकोमा उनको आज बिहान २ बजे मृत्यु भएको भनि आफन्तले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएको थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली गई साहेबा उराउलाई नियन्त्रणमा लिइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...