नाओमी ओसाका अष्ट्रेलियन ओपनको सेमिफाइनमा

249

मेलबर्न । जापानी टेनिस स्टार नाओमी ओसाका अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

रोड लेवर एरिनामा मंगलबार भएको क्वाटरफाइनलको खेलमा ताइवानकी हसिह सु–वीलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

विश्व नम्बर तीन २३ वर्षीया ओसाकाले हसिह सु–वीलाई ६–२ र ६–२ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा पुगिन् ।

सेमिफाइनलमा ओसाकाले सेरेना विलियम्स र सिमोना हालेपबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

Share This:
सम्बन्धित खबर
Loading...