करेन्ट लागेर एकको मृत्यु

187

मोरङ । सप्तरी सम्भुनाथ-४ का २२ वर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ ।

सम्भुनाथ घर भएका साह विगत केही समय देिख मोरङ मिक्लाजुङ-६ स्थित मिक्लु खोलामा निर्माणधिन भइरहेको पुलमा ज्यामीको काम गर्दै आइरहेका थिए ।

कामकै शिलशिलामा आइताबार मोटर चलाउने क्रममा अचानक विद्युत् सर्ट भइ करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकोमा उनको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आइताबार अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...