ओठ फुट्ने समस्या छ ? यसरी छुट्कारा पाउनुहोस्

231

काठमाडौं । प्रायः मानिसहरुमा हिउँदको मौसममा ओठ फुट्ने समस्या हुन थाल्छ । डाक्टरहरू भन्छन् कि शरीरमा पानीको अभाव हुँदा यो हुन्छ । वास्तवमा हिउँद लाग्नासाथ हामी पानीको उपभोगलाई कम गर्छौँ, जसको कारण हिउँदमा सुक्खा छाला र सुख्खा ओठको समस्या हुन्छ । यस जाडोमा ओठलाई सुन्दर र नरम बनाउनको लागि प्रशस्त पानी पिउनुका साथै यी उपायहरु प्रयोग गरौँ ।

ओठलाई पनि चिस्यान चाहिन्छ
तपाईंको छाला जस्तै तपाईंको ओठमा पनि ओस चाहिन्छ, त्यसैले प्रशस्त पानी, फलफूल र तरकारीहरू लिनुहोस् । बाहिर जाँदा एसपिएफयुक्त लिपबाम प्रयोग गरौँ ।

ग्लिसरिन–मेट लिपस्टिक
ग्लिसरिन अधिक सुख्खा छाला र फाटेको ओठको लागि घरेलू औषधिको रूपमा पनि उपयुक्त छ । यसलाई ओठमा र आँखाको वरिपरि लगाउनुहोस् । यदि तपाईंको ओठ दरो र सुख्खा छ भने, मेट लिपस्टिकको सट्टा क्रिमयुक्त लिपस्टिक लगाउनुहोस् ।

नरिवल तेल
दिनमा पनि ओठमा नरिवलदको तेल लगाउन सकिन्छ । यसमा एसपिएफका गुणहरू पनि हुन्छन् । यसले ओठमा पोषण प्रदान गर्दछ । जाडोमा ओठलाई सुक्खा र फुट्नबाट जोगाउन यसको नियमित प्रयोग गर्नुहोस् । शरीरबाट ओठमा पोषण दिनको लागि नरिवलको तेल नाभीमा पनि प्रयोग गर्न सकिन्छ ।

एन्टिअक्सिडेन्ट
ओठको सुन्दरताका लागि एन्टिअक्सिडेन्टहरू पनि आवश्यक हुन्छ । मेकअप विशेषज्ञहरुकाअनुसार, भिटामिन इ भएको लिपबाम एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो र ओठ नरम र गुलाबी रहन्छ । ओठको सफाइका लागि मह र चिनीको प्रयोग गर्न सकिन्छ । महले ओठको कोमलता पनि राख्दछ ।

Share This:
सम्बन्धित खबर
Loading...