एजेन्सी । विश्व नम्बर तीन वरियताका अष्ट्रियन टेनिस खेलाडी डोमिनिक थिम अष्ट्रेलियन ओपनकाे चाैथाे चरणबाट बाहिरिएका छन् ।
आइतबार भएको चौथो चरणको खेलमा १८औँ वरियताका बुल्गेरियन ग्रिगोर दिमित्रोवसँग ३–० सोझो सेटमा पराजित भएको हो ।
पहिलो र दोस्रो सेटमा समान ४–६ अंकमा हारेको थिम तेस्रो सेटमा बिना अंक ०–६ ले पराजित भए ।
यस्तै, आजको अर्को खेलमा २०औँ वरियताका फेलिक्स अगर एलियासेमलाई रसियाका असलान करत्सेवले ३–२ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
पहिलो दुई सेट ६–३ र ६–१ ले गुमाएको करत्सेवले उत्कृष्ट पुनरागमन जनाउँदै ६–३, ६–३ र ६–४ को सेटमा फेलिक्सलाई पाखा लगायो ।