पछिल्लो २४ घन्टामा १०४ जना संक्रमित थपिँदा १३१ कोरोनमुक्त

170

काठमाडौं । देशभर थप १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घन्टामा १ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार १ सय १८ पुगेको छ । यीमध्ये १ हजार ६ सय ४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय ३१ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ३१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ६० जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...