बालुवाटार जग्गा प्रकरण : सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न आदेश
काठमाडौं । ललिता निवास प्रकरणका पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाइ दाय गरिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रमाण बुझ्न आदेश गरेको छ ।
रिटमाथी आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले उक्त आदेश गरेको हो । ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए । अब अख्तियारले उक्त कागजात पठाउनुपर्नेछ ।
मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री रहेका थिए ।