ओली पक्षीय युवा संघको अध्यक्षमा सिंह चयन (पदाधिकारीको नामावलीसहित)

238

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको राष्ट्रिय युवा संघको अध्यक्षमा वचन बहादुर सिंह चयन भएका छन् । युवा संघ र वाइसिए एकीकरण हुनु अघिका अध्यक्ष र एकीकरण पछिका सहसंयोजक रमेश पौडेलले बिदा लिएका छन् ।

युवा संघका इञ्चार्ज महेश बस्नेतसहितको अध्यक्ष मण्डलले सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको हो ।

उक्त बैठककले सहअध्यक्षमा किरण पौडेललाई चुनेको छ । यस्तै, युवा संघको महासचिवमा रमेश आचार्य चयन भएका छन् ।

युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड–नेपाल समूहमा लागेपछि ओली पक्षले उनलाई हटाएर नयाँ नेतृत्व चुनेको हो । युवा संघका इञ्चार्ज बस्नेतले अध्यक्षका दाबेदारहरु रमेश पौडेल, किरण पौडेल र वचन बहादुर सिंहबीच सहमति जुटाउन केहि समययता प्रयत्न गरेका थिए ।

युवा संघका पदाधिकारी
अध्यक्ष : वचन बहादुर सिंह
सहअध्यक्ष : किरण पौडेल
उपाध्यक्ष : सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी
महासचिव : रमेश आचार्य
उपमहासचिव : रामजी सापकोटा र रमेश तिवारी
सचिव : सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, चन्द्र दाहाल, तुल बहादुर अधिकारी, सुमन बुढा, प्रकाश लामिछाने, मदन भण्डारी, रमेश पौडेल, रविन्द्र लम्साल, सम्राट गौचन, गोविन्द्र बस्नेत, हरि लम्साल, अमित पौडेल, महेन्द्र गुरुङ, खिल बहादुर राना, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरि त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम, सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा र राकेश राई
कोषाध्यक्ष : मुकेश बुढाथोकी
सहकोषाध्यक्ष : राकेश लामा र हिमेश केसी
निर्वाचन आयोग प्रमुख : बाबुराम पाण्डे
लेखा आयोग प्रमुख : सुदीप सापकोटा
लेखा आयोग उपप्रमुख : प्रल्हाद प्रधान

Share This:
सम्बन्धित खबर
Loading...