सांसद समिना ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूहमा

209

काठमाडौं । प्रतिनिधिसभाका पूर्वसांसद तथा नेकपाकी नेतृ समिना हुसेन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष छाडेर प्रचण्ड–नेपाल समूहतिर लागेकी छन् ।

प्रधानमन्त्री ओलीले गैर संवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै समिना हुसेन प्रचण्ड–नेपाल समूहमा लागेकी हुन् ।

सांसद हुसेनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘के.पी. ओलीको असंबैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु ।’

प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ समिना हुसेनद्वारा जारी विज्ञप्ति :

प्रधानमन्त्री के.पी. शर्मा ओलीले गैर संबैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन जस्तो प्रतिगमनकारी कदम चलाएपछि सिङ्गो राष्ट्र, संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको छ । के.पी. ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन् ।

म नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सम्पूर्ण कार्यकर्ता, मुस्लिम समुदाय, मधेसी समुदाय, महिला र विशेष गरी प्रदेश नं २ र रौतहटबासी सम्पूर्ण श्रमजीवि जनताहरुमा निर्धक्कसँग सबै खाले भ्रम चिर्दै के.पी. ओलीको असंबैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा चालिएका आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक अनुरोध गर्दछु ।

……………..
समिना हुसेन
प्रतिनिधिसभा सदस्य
रौतहट

Share This:
सम्बन्धित खबर
Loading...