लागुऔषध ट्याब्लेट र गाँजासहित ९ जना पक्राउ

180

उदयपुर । उदयपुर र सुनसरीका विभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट र ठूलो परिणामको गाँजासहित सोमबार दिउँसो ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका(६ जलजलेबाट त्रियुगा नगरपालिका-१ का ३२ वर्षीय बिदुर अधिकारी, त्रियुगा नगरपालिका-१४ का २६ वर्षीय कुमार मगर, त्रियुगा नगरपालिका-१३ का २५ वर्षीय सागर चौधरी र सुनसरीका २५ वर्षीय अविषेक जैसवाललाई लागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले डाइजेपाम १९ एम्पुल, फेनारागन १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।

यसैगरी, उदयपुरकै त्रियुगा नगरपालिका-१२ बाट स्थानीय १५ वर्षीय बालक लागुऔषधसहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोरफिन २ एम्पुल र डाइजेल्याप २ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै उदयपुरकै कटारी नगरपालिका-८ बाट ठूलो परिणामको गाँजासहित तीन जना पक्राउ परेका छन् । सोमबार दिउँसो इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारीतर्फ आउँदै गरेको स१च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १ सय २१ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसँगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका-३ का ४१ वर्षीय सन्त बहादुर मगर, चालक २१ वर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई धरान उपमहानगरपालिका-१३ डेरा गरी बस्ने ३४ वर्षीय गुमान राई सवा २ केजी गाँजासहित पक्राउ परेका छन् । राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ किलो २ सय ७० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...