विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

315

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले हालका निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि कार्यकारी निर्देशकमा कुलमान घिसिङ रहेका थिए । उनको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशक तोकिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...