निर्वाचन आयोगमा प्रधानमन्त्री ओली : निर्वाचन तयारी सन्तोषजनक

215

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर फर्किएका छन् । निर्वाचन आयोगको तयारीबारेमा जानकारी लिएर प्रधानमन्त्री ओली फर्किएका हुन् ।

आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्तलगायतसँग जानकारी लिएर फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीमा आयोग जुटेकोबारेमा पनि जानकारी गराएका थिए ।

नेकपाको विवादका विषयमा खास छलफल नभएको प्रेस सल्लाहकार थापाले बताए । उनले भने, ‘पार्टीको अध्यक्षका हैसियतले भन्दा पनि आज प्रधानमन्त्रीको हैसियतमा आयोग आउनुभएको हो ।’

निर्वाचन आयोगको तयारीबारे जानकारी लिएपछि आयोगलाई धन्यवाद दिएका थिए ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुनमन्त्री लीला श्रेष्ठ तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...