खाँदबारी कारागारका १२० कैदीबन्दीले लगाए कोरोनाविरुद्धको खोप

काेराेना खाेप अभियान

210

खाँदबारी । जिल्ला कारागार खाँदबारीका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। खाँदबारी कारागारका १ सय २० कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए ।

कारागारमा १ सय ३२ पुरुष र ९ महिला कैदीबन्दी रहेका छन् । जसमध्ये एक सय २० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको हो । अन्य २१ जना कैदीबन्दीले कोरानाविरुद्धको खोप लगाउन अस्वीकार गरेको जिल्ला कारागारका प्रमुख विनोद अधिकारीले बताए ।

ु२१ कैदीबन्दीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्‍यौँ, तर उनीहरुले खोप लगाउन अस्वीकार गर्नुभयो,ु सूचना अधिकारी श्रेष्ठले भने ।

कारागारभित्रका कर्मचारी र सुरक्षाकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यस्तै, मनकामना वृद्धवृद्धा आश्रमका २७ जनालाई समेत कोरानाविरुद्धको खोप लगाइएको छ।

पहिलो चरणमा कोरोनाविरुद्धको खोप फ्रन्टलाइनमा कामगर्ने जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लगाइ सकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जनाकारी दिए ।

पहिलो चरणको खोप कर्मचारीलाई र एम्बुलेन्स चालकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्खुवासभामा माघ १५ गतेदेखि कोरानाविरुद्धको खोप लगाउन थालिएको थियो ।

सङ्खुवासभामा कुल २ हजार १ सय डोज खोप प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने ९ सयभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...