फागुन ३ गतेको प्रदर्शनलाई व्यापक बनाउन देउवाको आग्रह

202

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी फागुन ३ गते देशभर हुने प्रदर्शनलाई व्यापक बनाउन आग्रह गरेका छन् । शनिबार भएको देशव्यापी प्रदर्शनमा सहभागीलाई धन्यवाद दिँदै देउवाले आगामी प्रदर्शन व्यापक बनाउन आग्रह गरेका छन् ।

विज्ञप्तिमार्फत देउवाले आज देशभर प्रदर्शन गरेका शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । उनले आगामी ३ गते देशभर ७७ वटै जिल्ला समितिले गर्ने प्रदर्शनलाई व्यापक बनाउन आग्रह पनि गरे ।

गत माघ १३ गतेको केन्द्रीय समिति बैठको निर्णयअनुसार कांग्रेसका ७७ वटै जिल्ला समितिले फागुन ३ गते सरकार र संसद विघटनविरुद्ध प्रदर्शन गर्दैछ ।

Share This:
सम्बन्धित खबर
Loading...