‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन’: अध्यक्ष राणा

263

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले लाञ्छना र मुडभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्चित हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपालाई जनताले दिएको बहुमतको म्याण्डेट स्वार्थमा रुपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ । ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने ।

‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्ने प्रश्न आम भएको देखिन्छ । जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठीत हुने गर्दछ,’ उनले शनिबार ट्वीट गर्दै भने ।

प्रजातन्त्र जोगाउन निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था र हिन्दु राष्ट्रको बलियो आधार आवश्यक रहेको राप्रपाको ठहर छ ।

Share This:
सम्बन्धित खबर
Loading...