योगिनीको उद्घाटनमा मुस्कान युवा क्लब, ध्रुवतारा र भानु मावि विजयी

145
  • कमल खत्री

नेपालगन्ज । प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुवात गरेको छ ।

खजुरा गाउँपालिका, २ गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्तीसोनारीले आयोजक योगिनी युवा क्लबलाई २५–१६, २३–२५, २५–२२ र २५– २० ले पराजित गरेको छ । भानु मावि उढरापुरले ज्ञानोदय मावि खजुरालाई २०–२५, २५–१४, २५–१६ र २५–१८ ले हरायो । यसैगरी अर्को खेलमा धु्रवताराले जनता नमुना माविलाई २५–२२, २२–२५, २५–१६, २९–३१ र १५–९ले पराजित गरेको छ ।

रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छन । बिहिबार एक समारोहका बिच खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नम्बर २ अध्यक्ष देवीलाल खनाल, बाँके जिल्ला भलिबल संघका सचिव यामनारायण महतोले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताले खजुरा क्षेत्रमा भलिबलको विकासमा महत्वपुर्ण योगदान गर्ने अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । माघको २४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद २१ हजार र उपविजेताले १० हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आयोजक क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए ।

संजय स्मृति प्रतिष्ठानले प्रायोजन गरेको प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरीले सह प्रायोजन गरेको छ । खजुरा गाउँपालिकाको समन्वयमा भएको प्रतियोगितामा बाँके जिल्ला भलिबल संघले प्राविधिक सहयोग गरेको प्रतियोगिता संयोजक दिलिप महताराले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...