राष्ट्रपतिले जारी गरिन् नयाँ अध्यादेश, दुई संवैधानिक आयोगको म्याद थपियो

107

काठमाडौं । यहीँ माघ २५ गते आइतबारदेखि म्याद सकिँदै गरेका दुई संवैधानिक आयोगको म्याद थपिएको छ । सरकारले ६ महिनाका लागि म्याद थपको सिफारिस गरेसँगै राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो ।

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।

मन्त्रिपरषदको सिफारिसमा अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम जारी गरेकी हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...