आइपिएल अक्सनमा नेपालका ८ खेलाडी (नामावलीसहित)

149

काठमाडौं । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् ।

आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । जसमा कुल १ हजार ९७ जना अक्सनको दर्तामा सहभागी रहेका छन् । यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् । नेपालबाट ८ खेलाडी अटाएका छन् । जसमा सन्दीप लामिछानेकासहित विनोद भण्डारी, करण केसी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । एसोसिएटका २७ मध्ये नेपालबाट मात्रै ८ खेलाडी परेका हुन् ।

सन्दीपलाई यस‌ सिजनका लागि दिल्लीले फुकुवा गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजन बिताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

May be an image of text that says '"Sports for Health, Sports for Nation" CAN च.न. Ref No: नेपाल किकेट संघ Asspciatio of Nepal मिति २०७७ माघ २३ प्रेस बिज्ञप्ति भारतीय फ्रेन्चाइज्ड क्रिकेट लिग इन्डियन प्रीमियर लिग, २०२१ को लागि नेपाल क्रिकेट संघले निम्न अनुसारका खेलाडीहरुको नामावली अक्सनको लागि पठाएको छ १. सन्दीप लामिछाने विनोद भण्डारी ३ે. करण के सी ४. सोमपाल कामी ५. कुशल मल्ल ६. शरद भेषावकर अविनाश बोहरा दीपेन्द्र सिंह ऐरि a.chok असोक नाथ प्याकुरेल सचिब'

Share This:
सम्बन्धित खबर
Loading...