सभामुख सापकोटाको रिटमा राष्ट्रपति र प्रधानमन्त्रीसहित ३९ विपक्षी, पेसी आइतबारलाई तोकियो

128

काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनको पेसी तोकिएको छ । सर्वोच्चले आइतबारलाई पेसी तेकेको हो ।

संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति पाएकाहरुको काम कारबाही बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमा राष्ट्रपति, प्रधानन्यायाधीशलगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।

संवैधानिक नियुक्तिमा सामेल नरहेका सभामुख सापकोटा रिट दायर गर्न सर्वोच्‍च अदालत पुगेका हुन् ।

सभामुख सापकोटाका साथमा नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाक्रीलगायत नेताहरू छन् ।

संवैधानिक नियुक्ति र सपथ दुवै गैरसंवैधानिक भएको जिकिर गर्दै आएका सभामुख सापकोटाले रिट दायर गर्ने बताएका छन् ।

संवैधानिक परिषद्‌को सदस्य भए पनि नियुक्तिमा सापकोटा सहभागी भएनन् । संवैधानिक अंगमा पदाधिकारीहरुको सपथ दुई दिनअघि नै गराइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...