नेकपा प्रचण्ड–माधव समूहद्वारा नेपाल बन्द घोषणा, उपत्यकामा तोकिए कमाण्डर

322

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले बिहीबार नेपाल बन्दको घोषणा गरेको छ । भोलि देशमा अस्पताल, एम्बुलेन्स, पत्रकार, दुध, पानी, कुटनीतिक नियोग, प्रहरी र सेनाबाहेक सबै यातायात र बजार पूर्ण रूपमा बन्द रहने नेकपाले जनाएको छ ।

त्यसैगरी परीक्षा दिने विद्यार्थीलाई प्रवेश पत्र लिएर जाने विद्यार्थीलाई सवारी साधन लिएर जाँदा छुट दिने बन्दकर्ता बताएका छन् । राजधानीमा विशेष गरेर नेकपाले शीर्ष नेताहरूकै नेतृत्वमा टोलीहरू खटाएको छ ।

नेकपाले कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ कमान्डर पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपाल चोक महाराजगञ्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मा तोकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...