ट्राफिक जरिवाना अनलाइनमार्फत भुक्तानी प्रणालीको शुभारम्भ

203

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखी अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको सुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।

ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम टिभिआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्था बीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैंकको खातामर्फत जरिवाना रकम भुक्तानी हुने गरि प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

एसएसपी भट्टराईले यस अघि जरिवाना वापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न घरमै बसेर अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था लागु गरिएको बताए । यसले ट्राफिक कार्यालयमा हुने भिडभाडमा कमी आइ समयको समेत वचत हुनेछ ।

यो अनलाइन प्रविधि ट्राफिक प्रहरी महाशाखाको लागि माइलस्टोन समेत भएकाले ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पुर्ण सेवाग्राहिलाई सहज एव सरल रुपमा सेवा दिन सधै तत्पर रहेको महाशाखाले जनाएको छ ।

यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरेर जरिवाना वापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ । यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफालिस लिन सकिने व्यवस्था लागु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...