संवैधानिक आयोगमा पदाधिकारीको नियुक्त

257

काठमाडौं । विवादका बीच संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति भएको छ । संवैधानिक निकायका पदाधिकारीको बुधबार बिहान राष्ट्रपति कार्यालयमा सपथ लगत्तै उनीहरुको नियुक्ति भएको हो ।

राष्ट्रपति कार्यालयमा बुधबार बिहान आयोजित विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ ग्रहण गराए ।

त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले सपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत सहभागी थिए ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जय बहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तप बहादुर मगर, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधर लगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो ।

सरकारले उनीहरुको संसदीय सुनुवाइका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो । सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो । संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन मंगलवार पुगेकाले उनीहरुको नियुक्ति भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...