बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

134

झापा । झापाको विर्तामोड नगरपालिका-१ मा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलवार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख १५२० नम्बरको बसले पैदलयात्री विर्तामोड नगरपालिका-६ का ३२ वर्षीय सागर मिश्रलाई ठक्कर दिँदा घाइते भएका थिए ।

मिश्रलाई उपचारको लागी विर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...