संवैधानिक अंगका पदाधिकारीको सपथमा उपराष्ट्रपति र सभामुख गएनन्

192

काठमाडौं । संवैधानिक आयोगका पदाधिकारीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख गएनन् ।

संवैधानिक निकायका पदाधिकारीको बुधबार बिहान राष्ट्रपति कार्यालयमा निवासमा सपथ समारोह थियो । तर सपथमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

उपराष्ट्रपति पुन स्वास्थ्यका कारण सपथमा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ।

सभामुख सापकोटाको सचिवालयले भने गैरसंवैधानिक कार्यको साक्षी बस्न जान नसकिएको बताएको छ।

राष्ट्रपति कार्यालयमा बुधबार बिहान आयोजित विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ ग्रहण गराएका छन् ।

त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले सपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल,संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायत सहभागी थिए ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धानको आयोगका प्रमुख आयुक्तका पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जयवहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपवहादुर मगर,निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधर लगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो ।

सरकारले उनीहरुको संसदीय सुनुवाईका लागि पुस ५ गते संसद सचिवालयमा विवरण पठाएको थियो । सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो । संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन मंगलवार पुगेकाले उनीहरुको नियुक्ति भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...