पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

314

झापा । झापा शिवसताक्षी–३ का ३० वर्षीय राज कुमार खेमदेन लिम्बूको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।

सोमबार दिउँसो सवा ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्तीको भित्री सडकखण्डमा मे१ज १५२८ नम्बरको पिकअप भ्यानले मे६प ५०६८ नम्बरक मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने पिकअप नियन्त्रणमा लिइएको छ भने चालक तत्काल फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...