ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु

113

इलाम । इलाम नगरपालिका-८ मा रहेको माईबेनी हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो साढे १ बजेको समयमा उक्त हाइड्रोमा काम गर्ने कामदारहरु माइजोगमाई गाउँपालिका-५ सोयाङका २० वर्षीय शेखर ढकाल र उनका भाइ १८ वर्षीय प्रविण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटि गइ थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...