भण्डारी एक्लैले गरिन १२ गोल ! चौदण्डीगढीमाथि एपिएफको फराकिलो जित

125

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिग अन्तर्गत विभागीय टोली एपिएफ क्लबले चौदण्डीगढीमाथि फराकिलो जित हासिल गरेको छ ।

ललितपुरकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्रा भण्डारी एक्लैको १२ गोलको मद्धतमा एपिएफले चौदण्डीगढी नगरपालिकालाई २२–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

एपिएफका सावित्रा भण्डारीले १२, अनु लामाले ५, अनिता बस्नेतले ३, सुरु लिम्बू र रेनुका नगरकोटीले एक–एक गोल गरिन् ।

एकपक्षीय रुपमा चलेको खेलमा भण्डारीले पहिलो हाफको ५, ३२, ३३, ३४, ३८औँ मिनेटमा गोल गरिन भने दोस्रो हाफको ४७, ५५, ६२, ६४, ७२, ७९ र अतिरिक्त समयमा गोल गर्दै चौथो ह्याट्रिक पुरा गरिन् ।

यस्तै, ११, १४, २०औँ मिनेटमा ह्याट्रिक गरेकी कप्तान अनु लामाले २६ र ६५औँ मिनेटमा थप दुई गोल गर्दै व्यक्तिगत पाँच गोल गरिन् ।

अनिता बस्नेतले ८, ४९ र ६७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । यस्तै, सरु लिम्बुले १८औँ मिनेटमा र ३१औँ मिनेटमा रेनुका नगरकोटीले गोल गरिन् ।

आजको खेलमा व्यक्तिगत १२ गोल गरेकी भण्डारीको प्रतियोगितामा २४ गोल पुगेको छ । दोस्रो स्थानमा रहेको चन्द्रपुरकी रुथको ७ गोल रहेको छ ।

जितसँगै एपिएफले ६ खेलबाट १८ अंक जोडेको छ । यस्तै एक खेल कम खेलेको त्रिभुवन आर्मी फुटबल क्लबको १० अंक रहेको छ । नेपाल पुलिस क्लब तेस्रो, विराटनगर महानगरपालिका चौथो, वालिङ नगरपालिका पाँचौँ, चन्द्रपुर नगरपालिका छैटौँ र चौदण्डीगढी नगरपालिका सातौँ स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...