आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

173

धनकुटा । धनकुटा-९ सवाबारी बस्ने ८८ वर्षीया भक्त कुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजे आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा अचानक लगाएको कपडामा आगो सल्किन गइ शरिरमा आगो लाग्दा जलेर उनको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गइ कानुनी कारबाही तथा थप अनुसन्धानसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...